No ads found for this position

नारायणी बढ्यो ,प्रशासन भन्छ : सर्तक रहनुहोस

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते ८:१३
No ads found for this position
नारायणी बढ्यो ,प्रशासन भन्छ : सर्तक रहनुहोस
No ads found for this position

गैँडाकोट ।अविरल वर्षका कारण नारायणी नदीमा पानीको सतह बढेको छ । देशभर हिजोदेखि नै निरन्तर वर्षा भएपछि नारायणीको बहाब बढ्दै गएको हो । नदीको बहाबले सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विभागका अनुसार नारायणी नदीको पुल र देवघाट दुवै क्षेत्रमा सतर्कता तह पार गरेको छ ।पुल तर्फ नारायणी नदीमा पानीको सहत ११.२३ मिटर पुगेको छ । यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ ।

यस्तै देवघाट क्षेत्रतर्फ पानीको सतह ७.९ मिटर पुगेको छ । जबकी ७.३ मिटर सतर्कता तह मानिन्छ । यहाँ पानीको सतह ८ मिटर पुगेमा खतराको तह पार गर्नेछ । चितवनमा निरन्तर वर्षा भइरहेकाले देवघाट क्षेत्रमा खतराको तह पार गर्ने देखिन्छ ।

निरन्तर वर्षासंगै बाढीको संभावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई जिल्ला प्रशासन कार्यालय नवलपुर र चितवनले सतर्क रहन अनुरोध गरेका छन ।फाइल तस्बिर

प्रकाशित : २०७७ असोज ८ गते ८:१३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI