दाउन्नेमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते ९:४३
दाउन्नेमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध

नवलपरासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । बुधबारदेखिको अविरल झरीले दाउन्नेका दर्जनौं स्थानमा पहिरो गएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दाउन्ने पहाडको ध्युखोलादेखि पश्चिमतर्फ धेरै स्थानमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो । दुम्कीवास र बर्दघाटमा सयौं गाडी रोकिएका छन् ।

झरीले पहिरो पन्छाउन गरिएको प्रयास सफल भएको छैन । ‘जति हटायो उति माथिबाट पहिरो खसेको खस्यै छ,’ जाममा फसेका बस चालक इन्द्र चापागाईंले भने, ‘पानी नरोकिएसम्म राजमार्ग खुल्न मुस्किल छ ।’ दाउन्ने सडकखण्डका दर्जनौं स्थानमा पहिरो झरेका कारण यात्रा जोखिमपूर्ण बनेको उनले टेलिफोनमा जानकारी दिए ।

प्रकाशित : २०७७ असोज ८ गते ९:४३
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI