नारायणीमा जलसतह खतराको बिन्दुभन्दा माथि , सतर्क रहन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते ९:५३
नारायणीमा जलसतह खतराको बिन्दुभन्दा माथि , सतर्क रहन आग्रह

चितवन । नाराययणी नदीमा पानीको सतह खतराको विन्दुभन्दा माथि पुगेको छ । देशभर निरन्तर वर्षा भएपछि नारायणी सतह बढेको हो । बिहीबार बिहान ९:२५ बजे देवघाटमा नदीको सतह ८.०६ मिटर पुगेको छ । त्यहाँ ८ मिटर पानीको सतहलाई खतराको सूचक मानिन्छ । जल तथा मौसम विभागका अनुसार नारायणी नदीको पुलमा भने ११.३ मिटर पुगेको छ । त्यहाँ ११ मिटरलाई सतर्कताको विन्दु मानिन्छ । नारायणी नदीका सहायक नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भईरहेकाले नदीको सतह अझै बढ्न सक्ने आँकलन गरिएको छ । निरन्तर वर्षासंगै नदीको सतह बढेर मानव वस्तीमा क्षति पु-याउन सक्ने भन्दै नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । नारायणी नादिमा आउने बाढीले चितवन , नवलपुर र पश्चिम नवलपरासीका तटिय क्षेत्रका बासिन्दाहरु प्रभावित हुने गर्दछन् ।

प्रकाशित : २०७७ असोज ८ गते ९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI