काँग्रेस महामन्त्री कोईराला कोरोना संक्रमणमुक्त , स्वकीय सचिब तिवारीलाई संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते १४:०३
काँग्रेस महामन्त्री कोईराला कोरोना संक्रमणमुक्त , स्वकीय सचिब तिवारीलाई संक्रमण

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला कोेरोनामुक्त भएका छन् । स्टार अस्पातालमा पिसिआर परीक्षण गरिएकोमा बुधबार राति डा कोइरालाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले  जानकारी दिए । संक्रमण पुष्टि भएको १६ दिनपछि उनी कोरोना मुक्त भएको हुन् । कोइरालालाई भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित कोइरालालाई ज्वरो बढेपछि भदौ ३० गते राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो। चार दिन अस्पतालको आइसोलेसनमा बसेका कोइराला शनिबार अपरान्ह डिस्चार्ज भएका थिए । चिकित्सकको सल्लाहबमोजिम केही दिन होम आइसोलेसनमा बसेकका कोइरालाले १७ दिनमा कोरोना जितेका छन् । तर कोइरालाका मुख्य स्वकीय सचिव भरत तिवारीमा भने बुधबार कोरोना पोजेटिभ देखिएको छ । यसअघि भन्दौ २३ मा उनमा कोरोना नेगेटिभ देखिएको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबार पिसिआर परीक्षण गरिँदा आफूमा कोरोना पोजेटिभ देखिएको तिवारीले जानकारी दिए ।

प्रकाशित : २०७७ असोज ८ गते १४:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI