नवलपुरमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ७६ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते १९:०७

कावासोती । बिहिवार जिल्लामा १८ संक्रमित थपिए सँगै नवलपुरमा सक्रिय कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।

बिहिवार थपिएका संक्रमित मध्ये जिल्लाको गैडाकोटका ८ जना, देवचुलीका १ र कावासोतीका ९ जना रहेका छन् ।

यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ८ सय २६ पुगेको छ भने बिहिवार मात्रै प्राकृतिक चिकित्सालायको आईसोलेसन बाट ८३ जना डिस्चार्ज भएका छ्न ।

जिल्लामा हाल सम्म ५ सय ४४ जना संक्रमित संक्रमण मुक्त भएका र ६ जना संक्रमितको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित : २०७७ असोज ८ गते १९:०७
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI