गण्डक बाँध फुट्ने खतरा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते २०:४२
गण्डक बाँध फुट्ने खतरा

हरि शर्मा/परासी : गण्डक ब्यारेजमा पानीको सतह खतरामाथि पुगेको छ। जसका कारण बाँध फुट्ने खतरा बढेको छ। गण्डक ब्यारेजमा बिहीबार ४ लाख ४ हजार क्यूसेक पानी पुगेको छ।   ४ लाख बढी पुगेपछि उच्च खतरा मानिने भूआर्जन तथा जनसम्पर्क कार्यालयका जनसम्पर्क अधिकारी तारासिंह थापाले बताए। ब्यारेजले भारतको बिहार प्रदेशस्थित भैंसालोटन र पूर्वी नवलपरासीलाई जोडेको छ। ब्यारेज निर्माणका क्रममा यसको क्षमता ७ लाख क्यूसेक थियो। जीर्ण हुँदै गएपछि अहिले मुस्किलले ४ लाख क्यूसेक भन्दा बढी पानी थेग्न नसक्ने उनले जानकारी दिए। अहिले ४ लाख ४ हजार क्यूसेक बढी पानी आएको र यो क्षमता भन्दा बढी भएकाले बाँध फुट्ने खतरा बढेको थापाले बताए। खतरा बढेसँगै पश्चिम नवलपरासीका करिब ४० गाउँ डुबानको जोखिममा परेका छन । पानीको बहाव खतराभन्दा माथि पुगेपछि सम्भावित क्षतिलाई जोगाउन जोखिम क्षेत्रमा पूर्वतयारीका साथ सुरक्षाकर्मीलाई तयारी अवस्थामा खटाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।

प्रकाशित : २०७७ असोज ८ गते २०:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI