दाउन्नेमा गुडिरहेको बस माथी पहिरो खस्दा बस ३० फिट तल खस्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते २२:१९
दाउन्नेमा गुडिरहेको बस माथी पहिरो खस्दा बस ३० फिट तल खस्यो

कावासोती । पुर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा गुडिरहेको बस माथी पहिरो खसेको छ ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ७९४० नं को बसमा सडक माथिबाट आएको पहिरो खस्दा बस सडकबाट अन्दाजी ३० फिट तल खसेको छ ।

विनयी त्रिवेणि गाँउपालिका वडा नं-२ को विश्वकर्मा मन्दिर नजिक भएको दुर्घटनामा बसमा सवार १८ जना यात्रु मध्ये गम्भीर घाईते ७ जनालाई उपचारको लागि भरतपुर पठाईएको भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

प्रकाशित : २०७७ असोज ८ गते २२:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI