नेपाली काङ्ग्रेस नवलपुरको कोभिड-१९ अनुगमन समितिको जिल्ला कार्यसमिति बिस्तार

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ९ गते १७:३७
नेपाली काङ्ग्रेस नवलपुरको कोभिड-१९ अनुगमन समितिको जिल्ला कार्यसमिति बिस्तार

कावासोती । नेपाली काङ्ग्रेसको नवलपुरको कोभिड-१९ अनुगमन समिति नवलपुरको जिल्ला कार्य समिति बिस्तार गरिएको छ ।
बिपि स्मृति भवन कावासोतीमा आज पत्रकार सम्मेलन गरि जिल्ला कार्यसमिति घोषणा गरिएको हो ।

आज घोषणा गरिएको जिल्ला कार्यसमितिको सदस्यमा करुणा सागर सुवेदी , शारदा विश्वकर्मा, नारायण शर्मा, लक्ष्मी बस्ताकोटी, माया महतो, रामचन्द्र भण्डारी , भरत पोख्रेल , गणेश न्यौपाने , अशोक श्रेष्ठ र सदस्य सचीवमा रमेश बस्ताकोटी रहेका छ्न ।

यसै गरि पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस नवलपुरको जिल्ला कार्य समितिको शुक्रवार सम्पन्न बैठकले समितिको फोकल पर्सनको रुपमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सचीव बालकृष्ण घिमिरेलाई जिम्मेवारी तोकिएको नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछानेले जानकारी गराएका छन ।

यसै गरि समितिले स्थानीयतहमा पनि काम गर्ने गरि गैंडाकोटको संयोजकमा वेदप्रसाद गौडेल, उप संयोजकमा बद्रीप्रसाद सापकोटा , कावासोतीको संयोजकमा देवराज भट्टराई , उपसंयोजकमा दिलमाया श्रेष्ठ , मध्यविन्दुको संयोजकमा हरि बस्ताकोटी उपसंयोजकमा राजकुमार श्रेष्ठ , हुप्सेकोटको संयोजकमा आशिष रेग्मी उप संयोजकमा लक्षमण सेन ,बुलिङ्गटारको संयोजक ओम कुमार श्रेष्ठ उपसंयोजकमा धनबहादुर गोदामी, बौदिकालीको संयोजकमा लोकबहादुर गाहा, उपसंयोजकमा प्रेम गाहा र विनयी त्रिवेणिको संयोजकमा सुनिल थापा र उप संयोजकमा फणिन्द्र आचार्यलाई जिम्मेवारी तोकिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

यस अघिनै नेपाली काङ्ग्रेस कोभिड अनुगमन केन्द्रिय समितिले जिल्ला संयोजकमा सुरज गुरुङलाई मनोनयन गरेको थियो ।

समितिले जिल्लामा कोभिड-१९ संक्रमणको स्थिति र परिक्षणको अवस्थामाको जानकारी लिने र अनुगमन गर्ने, आईसोलेसन र क्वारेन्टाइनको सुविधा र मापदण्ड , कोरोना संक्रमितको लागि अस्पतालको स्थिति स्वास्थ्य सामाग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्था, विभिन्न समयमा भएका र हुन सक्ने लकडाउन र निषेधाज्ञाले पारेको र पार्न सक्ने आर्थिक र सामाजिक अवस्थाको मूल्याकंन गर्ने र सुचना लिने, केन्द्र प्रदेश र स्थानीय सरकारहरुको कोरोना संक्रमण रोकथाम र उपचारमा गरेका भुमिका तथा राहत लगाएत आर्थिक सामाजिक क्षेत्रमा परेका समस्यालाई न्यून गर्न खेलेको भुमिका सम्बन्धमा जानकारी लिने र आवश्यक सहयोग गर्ने लगाएतका कार्यक्षेत्र रहने गरि जिम्मेवारी तोकिएको जिल्ला संयोजक सुरज गुरुङले पत्रकार सम्मेलनमा बताए ।

यस्तै समितिले कोभिड १९ को संक्रमण रोकथाम र पीडितहरुको सहयोगका लागी पार्टीले खेलेको भुमिका र खास गरि नेपाली काङ्ग्रेस को वडा देखि जिल्ला तह सम्म निकायहरुले खेलेको भुमिकाको सम्बन्धमा जानकारी लिने र आवश्यक सहयोग गर्ने, निरन्तर रुपमा सम्बन्धित निकाय, राजनीतिक दल , नागरिक समाज संघसंस्था तथा जनस्तरबाट उपयुक्त विषयमा आवश्यक जानकारी लिने तथा आवश्यक सहयोग गर्ने, कोभिड १९ बाट प्रभावित नागरिकहरुका लागी सेवा मुलक कार्यक्रमहरु सन्चालन गर्ने, जनचेतना फैलाउने , मनोपरामर्श सेवा उपलब्ध गराउने र सामाजिक सदभावको विकासमा टेवा पुग्ने प्रकृतिका कार्यक्रमहरु सन्चालन गर्ने साथै सरकारले कोभिड-१९ नियन्त्रणमा गरेका कामहरुमा सहयोग गर्दै  सरकारले गरेका सबैकामहरुको अनुगमन गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

कोभिड-१९ अनुगमन समितिका संयोजक सुरज गुरुङको अध्यक्षता एवं नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेको विषेश उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

 

 

प्रकाशित : २०७७ असोज ९ गते १७:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI