आईपीएल: पहिलो जितको खोजीमा कलकत्ता र हैदरावाद

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १० गते १६:१५
आईपीएल: पहिलो जितको खोजीमा कलकत्ता र हैदरावाद

युएईमा १३ औं आईपीएल अन्तर्गत आठौँ खेलमा शनिवार दिनेश कार्तिक कप्तानीको कोलकाता नाइट राइडर्स र डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्। हैदरावाद र कोलकाता लिग अंकतालिकामा समान १/१ हार पछि सातौँ र आठौँ स्थानमा रहेका छन्। दुवै टिम पहिलो जितको साथ लिगमा पहिलो अंक जोड्दै अघि बढ्न चाहनेछ। शेख जायद स्टेडियम, अबुधाबीमा हुने खेल नेपाली समय राति ७:४५ बजे सुरु हुनेछ।

कोलकाताको पछिल्लो खेल : पहिलो खेलमा कोलकाता मुम्बईसंग ४९ रनले पराजित हुने क्रममा मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा १४६ रन मात्र बनाउन सकेको थियो।

पहिलो खेलमा कोलकाताको ब्याट्सम्यानहरुको प्रदर्शन निराशाजनक थियो। कप्तान दिनेश कार्तिकले ३० तथा प्याट कमिन्सले फटाफट ३३ रन बनाएका थिए। ब्याटिंगमा सुधारले कोलकातालाई बलियो बनाउनेछ।

पहिलो खेलमा हैदरावादका जोनी बेयरस्टो बाहेक अन्य ब्याट्सम्यान चलेका थिएनन्

हैदरावादको पछिल्लो खेल : बैंगलोरसंग १० रनले पराजित भएको हैदरावादले १६४ रनको लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवातको बबज्दु १५३ रन मात्र बनाउन सकेको थियो। १२१/२ को अवस्थाबाट टिमले थप ३२ रन जोड्दा सबै विकेट गुमाउन पुगेको थियो।

हैदरावादको लागि ओपनर बेयरस्टो र मनिष पाण्डेको साझेदारी बाहेक ब्याटिंगमा बिर्संलायक दिन रहेको थियो। सोहि पक्ष सुधारमा हैदरावाद चाहनेछ।

हेड टु हेड : दुइ टिमले एकअर्कासंग कुल १७ खेल खेलेका छन् जसमध्ये १० खेलमा कोलकाता र ७ खेलमा हैदरावाद विजयी भएको छ। २०१९ मा कोलकाता र हैदरावादले १/१ खेल जितेको थियो। अन्तिम ५ खेलमा हैदरावादले ३ वटा र कोलकाताले २ खेल जितेको छ। अन्तिम पटक २०१९ मा खेल्दा ६ विकेटको जित दर्ता गर्ने क्रममा हैदरावादले दिएको १८२ रनको लक्ष्य कोलकाताले अन्तिम ओभरमा भेटाएको थियो। आन्द्रे रसेलले १९ बलमा ४९ रन बनाउदै जितमा अहम योगदान दिएका थिए।

कोलकाताका लयमा रहेका २ खेलाडी : 

१. शिभम माभी : युवा दायाँ हाते फास्ट बलरले पहिलो खेलमा ४ ओभरमा १ मेडन ओभर गर्दै ३२ रन खर्चेर क्विन्टन डीकक र रोहित शर्माको विकेट लिएका थिए। पावरप्लेमा माभीले २ ओभर बलिंग गर्दा ९ रन दिएर १ विकेट लिएका थिए। त्यसपछि डेथ ओभरमा पनि उनको बलिंग राम्रो थियो। युवा फास्ट बलरले सुरुवातमै निकै तारिफ पाएका छन्।

२. सुनिल नारायण : मुम्बई बिरुद्ध नारायणले सौरभ तिवारीको विकेट लिने क्रममा ४ ओभरमा मात्र २२ रन खर्चेका थिए। अन्य बलर महँगो हुँदा मिस्ट्रि स्पिनरले रन दिन कन्जुसी गरेका थिए। बीचको ओभरमा उनले सौरभ तिवारीको विकेट दिलाए भने रन रोक्ने काम गरे।

शिभम माभी

हैदरावादको लयमा रहेका २ खेलाडी : 

१. जोनी बेयरस्टो : इंगलिस ब्याट्सम्यान बेयरस्टोले बैंगलोर बिरुद्ध ४३ बलमा ६१ रन बनाएका थिए। ओपनर वार्नर छिट्टै आउट हुँदा उनले मनिष पाण्डे र प्रियम गर्गसंग साझेदारी गर्दै टिमलाई जित दिलाउने प्रयास गरेका थिए। आक्रामक सुरुवात र लामो साझेदारी गर्न बेयरस्टो सक्षम छन्।

२. भुवनेश्वर कुमार : बैंगलोर बिरुद्ध विकेट नलिएता पनि कुमारले ब्याट्सम्यानहरुलाई मुस्किल बनाएका थिए। अन्य सबै बलर महँगो भएको बेला कुमारले पावरप्ले र डेथ ओभरमा रन रोक्ने काम गरेका थिए। सुरुवाती स्पेलमा २ ओभरमा उनले ९ रन मात्र दिंदै आक्रामक ब्याटिंग गरिरहेको बेला देभदत्त पडीक्कल र आरोन फिंचलाई खुल्न दिएका थिएनन्। डेथ ओभरमा २ ओभर बलिंग गर्दै उनले १६ रन मात्र खर्चिए जुन क्रममा अन्तिम ओभरमा ८ रन मात्र खर्चिए। बैंगलोरलाई मात्र १६३ रनमा रोक्न उनको अहम योगदान थियो।

कोलकाताको सम्भावित ११ : सुनिल नारायण, शुबमन गिल, दिनेश कार्तिक ( विकेटकिपर, कप्तान ) , नितिश राना, ओएन मोर्गन, आन्द्रे रसेल, निखिल नायक, प्याट कमिन्स, शिभम माभी, सन्दिप वारियर, कुलदिप यादव

हैदरावादको सम्भावित ११ : जोनी बेयरस्टो, डेभिड वार्नर ( कप्तान ) , केन विलियमसन/मोहम्मद नाबी/फाबीयन एलेन, मनिष पाण्डे, विजय शंकर, अभिषेक शर्मा, प्रियम गर्ग, राशिद खान, भुवनेश्वर कुमार, सन्दिप शर्मा, टि नटराजन

प्रकाशित : २०७७ असोज १० गते १६:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI