‘ड्रग च्याट’ हुने ह्वाट्सएप ग्रुपको एडमिन दीपिका भएको खुलासा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १० गते १७:३४
‘ड्रग च्याट’ हुने ह्वाट्सएप ग्रुपको एडमिन दीपिका भएको खुलासा

काठमाडाैं । सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणपछि बलिउडमा नयाँ रहस्य आइरहेका छन् । यसअन्तर्गत अनुसन्धानले लागुऔषधसँग जोडिएका धेरै बलिउडकर्मीहरूकाे नाम बाहिर ल्याएकाे छ ।

पछिल्लाे पटक सबैभन्दा बढी चर्चामा तानिएकी अभिनेत्री दीपिका पादुकाेणसँग शनिबार नारकोटिक्‍स ब्‍यूरो (एनसीबी)ले सोधपुछ गर्दै छ । याे मुद्दामा हालसम्म ५० भन्दा बढी बलिउड सेलिब्रेटीकाे नाम जाेडिएकाे छ ।

अनुसन्धानका क्रममा लागुऔषधबारे च्याट हुने ह्वाट्सएप ग्रुपकाे एडमिन नै दीपिका रहेकाे खुलासा भएकाे छ । एनसीबीले यसका अन्य २ जना एडमिन उनकी म्यानेजर करिश्मा र जया साहसँग साेधपुछ गरेकाे छ ।

शनिबार करिश्मा र दीपिकालाई आमनेसामने राखेर सोधपुछ गर्ने तयारी भइरहेको छ । सन् २०१७ मा खाेलिएकाे याे च्याट ग्रुप क्वान ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी र दीपिकाबीच ड्रगकाे बिजनेसको कुरा गर्न खाेलिएकाे थियो ।

भारतमा लागुऔषधको कारोबार निषेधित भएकाले सामाजिक सञ्जालको दूरुपयोगमार्फत यस्तो कारोबारमा संलग्न हुने क्रम बढेकोमा थप चुनौती सिर्जना भएको विश्लेषण गरिएकाे छ ।

-एजेन्सीकाे सहयाेगमा

प्रकाशित : २०७७ असोज १० गते १७:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI