काठमाडौंकी एक खतरानाक महिला, जसले दुई महिनामा २२ जनालाई नाटकीय शैलीमा लुटिन्

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ११ गते १७:३१
काठमाडौंकी एक खतरानाक महिला, जसले दुई महिनामा २२ जनालाई नाटकीय शैलीमा लुटिन्

काठमाडौं, ११ असोज । काठमाडौंमा फिल्मी शैलीमा लुटपाटमा संलग्न एक महिना पक्राउ परेकी छिन् । जोरपाटी मालबारीबाट ३२ बर्षीय संगिता क्षेत्रीले साउनयता उपत्यकाका बालबालिकाको गहना लुटेको प्रहरीले जनाएको छ ।

चिनजान भएको जसरी सडकमा खेलिरहेका बालबालिकासँग नजिकिने र उनीहरुलाई आइसक्रिम तथा चकलेट किनिदिने भन्दै फकाउने गर्दछिन् । गहना लगाएर हिड्नुहुँदैन, म अर्काे ठूलो किनिदिन्छु भनेर कानबाट निकाल्ने भाग्ने गरेके प्रहरीले जनाएको छ । बलाजु बस्दै आएकी उनी डिभोर्सी महिला हुन् । काठमाडौंमै माइती भएकी उनको विवाह म्याग्दीमा भएको थियो । परिवारबाट छुटिएपछि उनका छोराछोरी श्रीमानसँगै बस्दै आएका छन् । सुरुमा घरेलु काम गर्दै आएकी उनी पछिल्ला बर्ष भने लुटपाटमा संलग्न थिइन् । प्रहरीकाअनुसार लुटपाटका लागि सुचना संकलनगर्न उनी घरेलु मजदुरका रुपमा घरघर जाने गर्थिन् । सोही आधारमा लुटपाटको योजना बनाउने गरेको प्रहरीले जनाएको छ ।

उनले लुटेको गहना किन्ने र गालेर बेच्ने कलिगढ पनि पक्राउ परेका छन् । संगिताले चोरीपछि गहना जम्मा गर्थिन् । कनिबहालस्थित काभ्रेका मुरली बिकको प्रशोधन केन्द्रमा लगेर बेच्थिन् । उनले चलनचल्तीको मुल्यभन्दा प्रति तोला १० हजार रुपैयाँ सस्तोमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । १० बर्षंदेखि यस्तो गहनाखरिद गर्दै आएका बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले मनमैजु, कपन, कपुरधारा, गल्कोपाखा , स्युचाटार .कोटेश्वर, गोठाटार, पानी ट्याङ्की, माहांकाल ओरालो, आरुबारी बौद्ध, .शिवचोक, नारायणटार, कपन मिलन चोक लगायत ठाउँमा यसरी लुटपाट गरेकी थिइन् ।-दृष्टिबाट

प्रकाशित : २०७७ असोज ११ गते १७:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI