पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ११ गते १७:३५

काठमाडौं– पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमित उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार १० हजार १ सय २३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ८८ हजार ३ सय २७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार २ सय ८१ जना क्वारेन्टाइनमा छन्। सक्रिय संक्रमितको संख्या १९ हजार  १९ रहेको छ।

प्रकाशित : २०७७ असोज ११ गते १७:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI