स्तन सानो वा ठूलो हुँदैमा यौन सन्तुष्टि पनि तल–माथि हुने हो?

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ११ गते १८:४९
स्तन सानो वा ठूलो हुँदैमा यौन सन्तुष्टि पनि तल–माथि हुने हो?

यौनको मामिलामा स्तनको के भूमिका छ? स्तन सानो वा ठूलो हुँदैमा यौन सन्तुष्टि पनि तल–माथि हुने हो?
जिज्ञासा : एस, काठमाडौँ

यौन स्पर्श, चुम्बनजस्तै स्तन दृश्यपान तथा स्पर्श पनि यौन सम्पर्क कायम गर्नुअघि प्राक्क्रीडाको प्रस्थान बिन्दु हुन सक्छ। महिलाको स्तन पुरुषका लागि यौन आकर्षण गर्ने अंग हो। ज्यादै भद्दा, निकै सानाभन्दा मध्यम खालको वक्षस्थल अनि मुन्टा नै प्रष्टिने, दुई स्तन बीचको खोबिल्टो (गु्रभ) देखिने पहिरन लगाएका महिलाका वक्षस्थलमा तुलनात्मक रूपमा बढ्ता आँखा पुग्ने गर्छन्। त्यसैले भीडभाड तथा सार्वजनिक यातायातमा महिलाहरू आफ्नो स्तन जोगाउन प्रयत्नरत हुन्छन्।

निकै ठूला र साना स्तन हुँदा हीनताबोध महसुस गर्ने हुनाले स्तन महिलाहरूका लागि व्यक्तित्वको पहिचान पनि हो। त्यसो भएर होला, थुप्रै महिलाले आफ्नो वक्ष निश्चित आकार–प्रकारमा राख्न कोसिस गर्छन्। साना वा ठूला आकारका स्तनलाई आजभोलि प्लास्टिक सर्जरीबाट ठीक साइजमा ल्याउनेहरू पनि छन्।

तुलनात्मक रूपमा साना आकारका स्तन भएकामा बढ्ता हीनताबोध हुन सक्ने हुनाले उनीहरू सिलिकन प्रयोग गरी स्तनको आकार बढाउने गर्छन्। कतिपय ख्यातिप्राप्त मोडल तथा अभिनेत्रीले यही प्रविधिबाट स्तनको आकार बढाउने गरेको पाइन्छ।

व्यावहारिक तवरमा विवाहपछि श्रीमान्ले पटक–पटक स्तन खेलाउनाले स्तनको आकारमा वृद्धि भएको पाइन्छ। त्यसो भएर आधुनिक समयमा स्तनको आकारलाई लिएर वैवाहिक सम्बन्ध गाँस्नै नहुने वा श्रीमतीको सानो आकारको स्तनलाई लिएर पुरुष पार्टनरले खिन्नता प्रकट गर्नुपर्ने अवस्था छैन।

महिलाका विभिन्न शारीरिक अंगमध्ये पुरुषले सबैभन्दा पहिला नजर पुर्‍याउने अंगमा वक्षस्थल नै होला। पछाडिबाट भने नितम्ब हुन सक्छ। एक अध्ययनअनुसार ९५ प्रतिशत पुरुषले आपसी भेटका क्रममा महिलाको वक्षस्थलमै नजर पुर्‍याउँछन्।

प्रायःजसो पुरुषले महिलासँग कुराकानी गर्ने क्रममा पटक–पटक महिलाको वक्षस्थलमा आँखा पुर्‍याउँछन्। महिलाको वक्षस्थलप्रति किन पुरुष यति आकर्षित हुन्छन्? सायदै कसैले प्रष्ट उत्तर दिन सक्छ।

स्तन के हो? 
महिलाको जीवन बालिका, किशोरी, युवती हुँदै वृद्धावस्थासम्म चरणबद्ध रूपमा परिवर्तन हुँदै जान्छ। यसबीच प्रजनन उमेर (१५ देखि ४५ वर्ष) मा प्रत्येक महिना इस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोनका कारण महिलाका भित्री प्रजनन अंग (पाठेघर, डिम्बाशय, डिम्बवाहिनी नली) का साथै सहायक यौनांग स्तनमा परिवर्तन आउँछ।

त्यसो त १० देखि १५ वर्षसम्ममा बाल्यावस्थाबाट किशोरी अवस्थामा परिणत हुन्छ। किशोरी अवस्थामा पुग्ने क्रममा चार वटा मुख्य परिवर्तन आउँछन्। यस क्रममा शारीरिक परिवर्तन आउने, यौनांग तथा काखीमा रौँ पलाउने तथा महिनावारी सुरु हुनेजस्तै स्तन बढ्ने पनि एक हो।

यौवनावस्थामा हुने शारीरिक परिवर्तनमा उचाइ एवं तौल बढ्छ, अनुहार चिप्लो हुन्छ, डन्डीफोर आउँछ, काखीमुनि र जनेन्द्रियवरिपरि रौँ उम्रिन्छन्। योनि स्राव बढ्न थाल्छ। प्रत्येक महिना रजस्वला हुन थाल्छ। अन्य व्यक्तिलाई पनि महसुस हुने गरी स्तन बढ्न थाल्छ। स्तन वृद्धि तथा काखी एवं यौनांगवरिपरि रौँ पलाउने कार्यलाई चार चरणमा वर्गीकृत गरिन्छ। किशोरी अवस्थामा स्तनमा हुने यी परिवर्तन व्यक्तिपिच्छे फरक–फरक समयमा हुन सक्छ।

किशोरीको १६ वर्ष पुगेपछि यौनांग राम्ररी विकसित नहुनु, यौनांगवरिपरि र काखीमा रौँ भइसकेपछि महिनावारी सुरु नहुनुलाई राम्रो मानिँदैन। १४ वर्षको उमेरसम्म महिनावारी सुरु नहुनुलाई राम्रो नमानिएजस्तै १६ वर्षको उमेरसम्म पनि स्तनको विकास नहुनु राम्रो लक्षण होइन। कतिपय अवस्थामा किशोरी विशेषको जन्मजात समस्यासँग पनि गाँसिएको हुन सक्छ।

प्रकाशित : २०७७ असोज ११ गते १८:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI