देवचुलीमा आईतवार १५ जना कोरोना संक्रमित थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ११ गते २१:१९

कावासोती । नवलपुरको देवचुलीमा थप १५ जनामा काेराेना भाईरस संक्रमण पुष्टि भएकाे छ ।

गत असाेज ११ गते संकलन गरिएकाे ७३ जनाकाे स्वाब मध्ये १५ जनामा काेराेना पाेजेटिभ देखिएकाे देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएकाे छ ।

आईतबार संक्रमण पुष्टि हुनेहरूमा देवचुली नगरपालिका वडा नम्बर २ का २६,२५ वार्षिया २ महिला र २५ वर्षिय १ पुरूष गरि ३ जना , वडा नम्बर ३ का २६ वर्षिय १ पुरुष , वडा नम्बर १० का ३२ वर्षिय १ पुरूष ,वडा नम्बर ११ का ३३, २९ वर्षिया २ महिला र २६, ३८, वर्षिय २ पुरुष र ३०, ५३ गरि ६ जनामा, वडा नम्बर १२ का २९ वर्षिय १ पुरूष , वडा नम्बर १३ का ३० वर्षिय १ पुरूष, वडा नं १७ का ३३ वर्षिय १ पुरूष र कावासाेती नगरपालिका वडा नं ६ का ३८ वर्षिय पुरूष गरि १५ जना रहेका नगरपालिका स्वास्थ शाखाले जानकारी दिएकाे छ । ।

कावासोती ठेगान भएका ३८ वर्षीय पुरुष देवचुली नगरपालिकामा कार्यरत कर्मचारी  रहेको जनाईएको छ ।

आइतबार थपिएका संक्रमित मध्ये १२ जना स्थानीय हुन् भने २ जना वैदेशिक रोजगार बाट फर्किएका र १ जना देवचुली नगरपालिकामा कार्यरत कर्मचारी रहेकाे छन् । याे सँगै देवचुली नगरपालिकामा काेराेना संक्रमितकाे संख्या १ सय ६८ पुगेको छ । मृतृककाे संख्या २ पुगेकाे छ ।

प्रकाशित : २०७७ असोज ११ गते २१:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI