भारतबाट अवैध तरिकाले ल्याउँदै गरिएका साढे १७ लाखको राँगा नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ११ गते २२:२६
भारतबाट अवैध तरिकाले ल्याउँदै गरिएका साढे १७ लाखको राँगा नियन्त्रणमा

सुनसरी। सुनसरी नगरपालिका–४ स्थित वसपार्कबाट करिब १७ लाख ५० हजार रुपैयाँ बराबरको २१ वटा राँगा र १ वटा पाडी सहित ईनरुवा–४ बस्ने २८ वर्षीय राजकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

 

अवैध रुपमा भारतबाट प्र–१–०–२००१ ख ८१५६ नम्बरको मिनि ट्रकमा ल्याउँदै गरेको उक्त राँगा र पाडी सहित ट्रक चालक मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

 

बरामद रागा र पाडी सहित उनलाई आइतबार सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको  छ।

प्रकाशित : २०७७ असोज ११ गते २२:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI