आज लताको ९१औं जन्मोत्सव : जसले ३६ भाषाका ५० हजारभन्दा बढी गीत गाइन्

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १२ गते ११:३२
आज लताको ९१औं जन्मोत्सव : जसले ३६ भाषाका ५० हजारभन्दा बढी गीत गाइन्

काठमाडौं। सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकर आजदेखि ९१ वर्षमा प्रवेश गरेकी छिन्। १९२९ सेप्टेम्बर २८ मा इन्डोरे भारतमा जन्मिएकी उनी भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित भइसकेकी छिन्।

 

उनले आफ्नो जीवनकालमा ३६ भाषाका ५० हजारभन्दा बढी गीतमा स्वर दिइसकेकी छिन्। शुरूमा गीत गाउँदा बुवासँग निकै लजाउने लता सबैभन्दा बढी गीत गाउने गायिकाको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भइन्। उनले १९७४ देखि १९९१ सम्म हरेक वर्ष आफ्नै रेकर्ड तोड्दै गएकी थिइन्।

 

लताको सफलताको श्रेय उनका बुवा दिननाथलाई जान्छ। बुवाले नै उनलाई संगीत सिकाएका थिए। तर, बुवालाई लामो समयसम्म छोरी गाउँन सक्छिन्, भन्ने जानकारी नै थिएन्। उनी रसोईमा आमासँग काम गर्थिन्। केही महिला भेला भएको बेला गीत गाएर सुनाउँथिन्। तर, आमा भने लताको गीत सुन्न जम्मा भएका महिलाहरू भगाउँथिन्।

बुवाको शिष्यलाई सिकाइन् सही सुर

 

उनको बुवाका शिष्य चन्द्रकान्त गोखले रियाज गरिरहेका थिए। उनका बुवा केही कामका लागि बाहिर गए। पाँच वर्षकी लता खेलिरहेकी थिइन्। बुवा जानेविक्तिकै लता भित्र गइन र गोखलेलाई ‘तपाइँ गलत गाउँदैं हुनुहुन्छ’ भनेर सहि सुर सिकाएकी थिइन्। लताले गोखलेलाई सहि तरिकाले गाएर सुनाएकी थिइन्।

 

बुवा आएपछि गोखलेले लतालाई फेरि गाउन अनुरोध गरे। लताले गाइन र त्यहाँबाट भागिन्। उनले आफ्नो बुवाले गाएको सुनेरै सिकेकी थिइन्।

 

१३ वर्षकै उमेरमा बुवाको निधनपछि पारिवारिक जिम्मेवारी उनकै काँधमा आयो। बहिनीसँग मुम्बई गएर काम गर्न थालिन्। त्यही रहँदा उनले १३ वर्षको उमेरमा १९४२ मा ‘पहिली मंगलागौर’ चलचित्रमा अभिनय गरेकी थिइन्।

 

केही चलचित्रमा उनले हिरो हिरोइनको बहिनीको भूमिका निर्वाह गरेकी थिइन्। तर, उनलाई अभिनयप्रति रुचि जागेन। पहिलोपटक रेकर्ड गरेको गीत ‘लव इज ब्लाइण्ड’ चलचित्रका लागि गाइन्। तर, चलचित्र प्रदर्शनमा आएन।

 

संगीतकार गुलाम हैदरले १८ वर्षकी लताबारे जानकारी पाएपछि उनले त्यो समयमा सफल चलचित्र निर्माता शशघर मुखर्जीसँग भेट गराए। शशधरले उनको आवाज धेरै पातलो भयो भन्दै रिजेक्ट गरिदिए।

 

फेरि उनले चलचित्र ‘मजबुर’ को गीत ‘अंग्रेजी छोरा चला गया’ मा मुकेशसँग गाउने मौका दिए। यो गीत लताको लागी जीवनको टर्निङ प्वाइन्ट नै बन्यो।

 

त्यसपछि भने उनका एकपछि अर्को गीत हिट हुँदै गयो। पछि शशधरले गल्ती स्वीकार गर्दै अनारकली, जिद्दी लगायतका चलचित्रमा गीत गाउने मौका दिए।

प्रकाशित : २०७७ असोज १२ गते ११:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI