१२ को परीक्षालाई सरकारले अनुमति नदिँदा अन्योल

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १२ गते १९:५५
१२ को परीक्षालाई सरकारले अनुमति नदिँदा अन्योल

कक्षा १२ को परीक्षा कहिले हुने भन्ने अन्योल भएको छ । सरकारले परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डलाई अनुमति नदिँदा परीक्षा अन्योल भएको हो । बोर्डले चरण-चरणमा वा वैकल्पिक विधिबाट परीक्षा गर्न खोजे पनि सरकारले अनुमति दिएको छैन ।

‘सरकारलाई प्रतिवेदन बुझाएका छौँ । परीक्षाका लागि अनुमति मागिएको हो । सरकारले अनुमति दिएको छैन,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले  भने, ‘१२ को राष्ट्रिय परीक्षा भएकाले अहिले सबै ठाउँमा एकै पटक सम्भव छैन । अहिलेकै मूल्याङ्कनलाई आधार मानेर चरण-चरणमा गर्ने गरी प्रतिवेदन बनाएका हौँ ।’

अध्यक्ष पौडेलले फरक मूल्याङ्कन विधि प्रयोग गर्न सकिने तर त्यो अधिकार बोर्डलाई नरहेको बताए । ‘फरक मूल्याङ्कन गरौँ भन्दा पाठ्यक्रममा गएर ठोक्किन्छ ।  फरक मूल्याङ्कन गर्ने अधिकार बोर्डलाई छैन । बोर्डलाई भएको भए परीक्षाको टुंगो लागिसक्थ्यो । परीक्षा मात्र मूल्याङ्कन होइन, अरु विधिबाट पनि जान सकिन्छ । सरकारको अनुमति नभएकाले बोर्डले केही गर्न सकेको छैन ।’

कक्षा १२ को परीक्षा गत ८ वैशाखका लागि तोकिएको थियो । कोरोना भाइरसका कारण परीक्षा स्थगित भएको थियो । एसईईको विद्यालयलाई मूल्याङ्कन गर्न दिइयो भने ११ को परीक्षा विद्यालयलाई नै गर्न भनिएको छ । १२ को परीक्षाको विषयमा सरकारले निर्णय गर्न सकेको छैन ।-शिला पत्र बाट

प्रकाशित : २०७७ असोज १२ गते १९:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI