No ads found for this position

नवलपुरमा सबै भन्दा धेरै कोरोना संक्रमित २१ देखि ३० वर्ष उमेर समुहका

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १२ गते २२:१३
No ads found for this position
नवलपुरमा सबै भन्दा धेरै कोरोना संक्रमित २१ देखि ३० वर्ष उमेर समुहका
No ads found for this position

कावासोती । नवलपुरमा सबै भन्दा धेरै कोरोना संक्रमित २१ देखि ३० वर्ष उमेर समुहका रहेका पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आईतवार साँझ उपलब्ध गराएको तथ्यांक अनुसार सबै भन्दा धेरै कोरोना संक्रमित २१ देखि ३० वर्ष उमेर समुहका ७६ महिला र १९२ पुरुष गरि जम्मा २ सय ६८ जना रहेका छ्न भने सबै भन्दा कम ०-१० उमेर समुहका १० बालिका र १७ बालक गरि २७ जना रहेको जनाईएको छ ।

यस्तै ११-२० उमेर समुहका १०७ जना, ३१-४० उमेर समुहका २२३ जना ४१-५० उमेर समुहका ११५ जना , ५१-६० उमेर समुहका ६५ जना, ६१-७० उमेर समुहका ३३ जना र ७० वर्ष माथिका संक्रमित २२ जना रहेको जनाईएको छ ।

यसै गरि जिल्लामा १८ वर्ष सम्मका संक्रमित बालबालिकाको संख्या ८५ जना रहेको जनाईएको छ । ५६ जना बालक र २९ जना बालिका गरि कुल ८५ जना बालबालिकामा हालसम्म कोरोना भाईरसको संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो समाचार तयार पार्दा सम्म जिल्लामा कुल संक्रमितको संख्या २ सय ३९ महिला र ६ सय २१ पुरुष गरि ८६० पुगेको छ । कुल संक्रमित मध्ये ५ सय ४४ जना संक्रमण मुक्त भईसकेका छ्न भने ३ सय १० जना जिल्लाका विभिन्न आईसोलेसनमा रहेका छ्न । हाल सम्म जिल्लामा ६ जना कोरोना संक्रमितको निधन भई सकेको छ ।

होम आईसोलेसनमा बस्नेको संख्या बढदै

जिल्लामा कोरोना संक्रमित बढदै गए सँगै होम आईसोलेसनमा बस्नेको संख्या पनि बढदै गएको छ । हाल सम्म जिल्लामा होम आईसोलेसनमा बस्नेको संख्या २०४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो समय स्वास्थ्य मन्त्रालय लगाएतका सरोकारवाला निकायले होम आईसोलेसनमा बस्न आग्रह गरे संगै लक्षण नभएका संक्रमित होमआईसोलेसनमा बसेका हुन ।

यस्तै जिल्लाको एक मात्र अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालयको आईसोलेसनमा ७१ जना, मध्यविन्दु जिल्ला अस्पतालमा ७ जना र जिल्ला बाहिरको अस्पतालमा २८ जना संक्रमित उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७७ असोज १२ गते २२:१३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI