नवलपुर प्रहरीद्धारा विभिन्न मुद्धामा फरार रहेका ३४ पक्राउ (कुन मुद्धामा कति सूचि सहित )

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १३ गते १०:४२
नवलपुर प्रहरीद्धारा विभिन्न मुद्धामा फरार रहेका ३४ पक्राउ (कुन मुद्धामा कति सूचि सहित )

नवलपुर जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सूस्ता पूर्व) ले विभिन्न मुुद्धामा फरार ३४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको विशेष टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

अदालतबाट विभिन्न मुद्धामा कैद जरिवाना असुल उपर हुन बाँकि ३४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सूस्ता पूर्व)का डीएसपी मोहन बहादुर खाँडले बनाउनु भयो । डिएसपी खाँडका अनुसार लगत असुल उपर गर्न बाँकि रहेका ३४ जनालाई नै अदालत समक्ष पेश गरिएको छ ।

पक्राउ परेका ३४ जना मध्ये सबैभन्दा धेरै सवारी मुद्धा र वन मुद्धाका ७ / ७ जना रहेका छन । त्यसैगरी सार्वजनिक अपराध मुद्धाका ४ जना , जालसाजीका ३ जना व्यक्तिहरु पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसैगरी लागुुऔषध, बहुविवाह र जारी मुद्धाका २/ २ जना पक्राउ परेका छन ।

प्रकाशित : २०७७ असोज १३ गते १०:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI