मौसम पूर्वानुमान : आज दिनभर अधिकांश ठाउँमा घाम लाग्‍ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १४ गते ६:४२
मौसम पूर्वानुमान : आज दिनभर अधिकांश ठाउँमा घाम लाग्‍ने

काठमाडौं। हाल देशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ।

 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ मा सामान्य बदली रहने छ।

 

उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

 

राति भने प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र  कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित : २०७७ असोज १४ गते ६:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI