अनलाइन कक्षाः अभिभावक र ससाना बालबालिका दुबैलाई सास्ती

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १४ गते ६:५२
अनलाइन कक्षाः अभिभावक र ससाना बालबालिका दुबैलाई सास्ती

काठमाडौं, १४ असोज। पूर्व प्राथमिक तहमा पढ्नको लागि गरिएको अनलाइन कक्षाले ससाना बालबालिकाको साथै अभिभावकले सास्ती खेप्नुपरेको छ । विद्यालयमा पूर्व प्राथमिक तहमा पढ्ने स–साना नानीहरू हिजोआज हातमा ट्याब्वलेड, मोबाइल वा ल्यापटप लिएर बसेको दृश्य घरघरमा देख्न सकिन्छ । नानीहरूसँगै तीनका अभिभावक पनि त्यत्तिकै सक्रिय भइरहेको देखिने गरेका छन् । जसको कारण कामकाजी अभिभावकलाई निकै गा¥हो भइरहेको छ ।

कार्यालयको कामसँगै बालबालिकाको अनलाइन कक्षामा पनि सँगै बस्ने निकै कठिन भएको छ बैंकमा कार्यरत विनिता चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, हामी संयुक्त परिवारमा बसे पनि अनलाइन कक्षाले धेरै कठिनाइ भोग्नुपरेको छ । सानो छोरी कक्षा एकमा जाने तर उसँगै कक्षामा आफू पनि बस्नुपर्ने बाध्यता छ उहाँले थप्नुभयो, घरमा सासु ससुरा भए पनि उहाँहरुलाई प्रविधिको ज्ञान नभएको कारण अनलाइन कक्षामा बस्न पनि सक्नुहुन्न । न काम गर्ने न छोरी सँग कक्षा लिने निकै दोधारमा हुन्छ ।

अनलाइन कक्षामा केही नबुझ्ने र अरु बालबालिकाको आवाज मात्र आउने कारण छोरीले केही नबुझेर रुने गरेको पनि गुनासो पोख्नुभयो । कोभिड–१९ को महामारीका कारण विद्यालयहरू बन्द भएपछि हतार हतारमा सुरु गरिएको अनलाइन कक्षा कति कक्षादेखि र कुन उमेर समूहका बालबालिकालाई पढाउनु ठिक हुन्छ भनेर कुनै खासै अध्ययन गरिएको पाइँदैन, चित्रकारले भन्नुभयो ।

माध्यमिक तहको विद्यार्थीलाई अनलाइन कक्षाले केही फाइदा गरेपनि स–साना बालबालिकालाई भने अनलाइन कक्षाको कुनै अर्थ नभएको बताउनुहुन्छ । उहाँ मात्र होइन सम्झना कोल्ड स्टोरको संचालक निर्मला शाहीको समस्या पनि त्यस्तै छ । दुई कक्षामा पढ्ने छोराको अनलाइन कक्षा लिन सकेको छैन उहाँले भन्नुभयो, हामी दुबै श्रीमान्श्रीमती दुबै मासुको व्यवसाय गर्छौैं, विहान पसल खोल्नै प¥र्यो । छोराको अनलाइन कक्षा कसरी लिने समय हुन्छ, त्यसमाथि घरमा इन्टरनेट पनि राखेको छैन ।

यो वर्ष यतिकै राखेर अर्को वर्ष फेरि दुईमानै भर्ना गर्ने सोचाइमा रहनुभएको शाहीले थप्नुभयो, बच्चाहरुसँग दिनभरी बस्न फुर्सद हँुदैन । काम पनि गर्नुनै प¥र्यो । चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले भन्नुभयो, अनलाइन कक्षा स–साना नानीहरू एक्लैले लिनसक्ने अवस्थामा छैन र सक्दैनन् पनि । कम्प्युटरले एकपछि अर्को गर्दै दिने निर्देशन फलो गर्नु जरुरी छ अनलाइन कक्षामा । यसका लागि अभिभावकले पनि उत्तिकै समय दिनु पर्ने र प्रविधि सम्बन्धी ज्ञान हासिल गर्नुपर्ने समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रकाशित : २०७७ असोज १४ गते ६:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI