नवलपुरमा प्लाज्मा थेरापीका लागि लक्षित गर्दै रक्तदान हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १४ गते १५:४२
नवलपुरमा प्लाज्मा थेरापीका लागि लक्षित गर्दै रक्तदान हुने

कावासोती । कोभिड १९ का बिरामीलाई प्लाज्मा थेरापीको माध्यमबाट उपचार गर्न आवश्यक प्लाज्माका लागि नवलपुरको कावासोतीमा रक्तदान कार्यक्रम हुने भएको छ ।

नेपाली काङ्ग्रेस नवलपुर कोभिड- १९ अनुगमन समिति द्वारा यहि असोज १९ गते सोमबारका दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाली काङ्ग्रेस नवलपुर कोभिड- १९ अनुगमन समितिका संयोजक सुरज गुरुङले जानकारी दिएका छ्न ।

कोभिड-१९ संक्रमण बाट मुक्त भएको १४ दिन कटेका १८ वर्ष देखि ५० वर्ष सम्मका ईच्छुक रक्तदातालाई रक्तदान गर्न आव्हान गरिएको संयोजक गुरुङले बताए ।

कोभिड-१९ संक्रमणबाट मुक्त भएका व्यक्तिहरुलाई रक्तदान गराएर उनीहरुको रगत बाट प्लाज्मा निकाली संक्रमितको उपचार गर्ने विधी मार्फत उपचार गर्न सहज होस भन्दै आफुहरुले कार्यक्रमको आयोजना गरेको गुरुङले बताए ।

रक्तदान गर्न आउने रक्तदातालाई कावासोती सम्म ल्याउने र लैजाने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

कोभिड -१९ संक्रमण बाट मुक्त भएर १४ दिन कटेका १८ वर्ष देखि ५० वर्ष सम्मका ईच्छुक रक्तदातालाई सुरज गुरुङ (९८५१०३६१२३) रमेश बस्ताकोटि (९८५७०४०३१९), भरत पोख्रेल (९८५७०२८६०३) र करुणासागर सुबेदी (९८५५०६३०९०) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

 

 

प्रकाशित : २०७७ असोज १४ गते १५:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI