नवलपुरमा बुधबार ४८ जना कोरोना संक्रमित थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १४ गते १८:२४

कावासोती । नवलपुरमा आज ४८ जना कोरोना संक्रमित थपिएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार आज थपिएका संक्रमित मध्ये गैंडाकोटका ३२ जना, देवचुलीका ३ जना, कावासोतीका १० जना, विनयी त्रिवेणिका २ जना र बौदिकालीका १ जना सहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै जिल्लामा जम्मा संक्रमितको संख्या ९ सय १४ पुगेको छ । ६ जना संक्रमितको निधन भएको जिल्लामा यो समाचार तयार पार्दा सम्म ६०० जना संक्रमण मुक्त भएका छ्न भने बुधबार साझ सम्म सक्रिय संक्रमितको संख्या ३०८ पुगेको छ ।

प्रकाशित : २०७७ असोज १४ गते १८:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI