बिहिवार देवचुली नगरपालिका क्षेत्रका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १४ गते २०:१९
बिहिवार  देवचुली नगरपालिका क्षेत्रका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

कावासोती । बिहिवार  देवचुली नगरपालिका क्षेत्रका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रको ११ केभी ईन्डस्टृयल  फिडर र प्रगतिनगर फिडर अन्तर्गत पर्ने देवचुली नगरपालिका वडा नं ६ देखि १५ का मुन्डे, किर्तिपुर, कुमसोत, रामबास, सिताबास मुडाबास, आँपटारी , विशाल्टार, पृथ्वीनगर, भगवती टोल, धारापानी , कैलास चोक, ह्याप्पी एफ एम हुँदै लक्ष्मीपुर  देखि गैडी चोक सम्मका क्षेत्रमा बिहान ८ बजे देखि दिउँसो ४ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने कावासोती वितरण केन्द्रले  जनाएको छ ।

सो फिडरको राइट अफ वे मा रहेका रुखका हाँगाबिँगा काट्ने कार्यका लागि विद्युत सेवा अवरुद्ध गर्नुपरेको वितरण केन्द्रद्वारा जारी सुचनामा जनाइएको छ । साथै समयमै काम सम्पन्न भएमा तोकिएको समय भन्दा पहिले नै विद्युत सुचारु हुन सक्ने समेत कावासोती वितरण केन्द्रले जनाएको छ ।

यस्तै बिहीवार नै कावासोती वितरण केन्द्रको ३३/११ केभी सब स्टेशनको स्तरउन्नति गर्ने कार्य भएकाले उक्त सब स्टेसनमा जडित अरुणखोला तथा कावासोती फिडर अन्तर्गतको कावासोती नगरपालिका वडा नं १ देखि ६ सम्म, मध्यविन्दु नगरपालिकाको वडा नं ४ देखि १५ सम्म र हुप्सेकोट गाँउपालिकाको वडा नं १ देखि ४ सम्मका क्षेत्रहरूमा बिहान ७ देखि ८ बजे सम्म १ घण्टा विद्युत अवरुद्ध हुने कावासोती वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित : २०७७ असोज १४ गते २०:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI