No ads found for this position

गत २४ घण्टामा कोभिड-१९ बाट ११ जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १५ गते १७:२९
No ads found for this position
गत २४ घण्टामा कोभिड-१९ बाट ११ जनाको ज्यान गयो
No ads found for this position

काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ बाट ११ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ५०९ पुगेको छ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा १ महिला र १० पुरुष रहेका छन्।

 

महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मृत्यु हुनेमा बाँकेकी ३४ वर्षीय महिला रहेकी छिन्। त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा सुनसरीका ५६ वर्षीय, ५० र २७ वर्षीय, काठमाडौँका ७८ र ६८ वर्षीय, भक्तपुरका ६८ वर्षीय, ललितपुरका ४८ वर्षीय तथा रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय रहेका छन्।

 

कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.६५ प्रतिशत रहेको जनाइएको छ।

प्रकाशित : २०७७ असोज १५ गते १७:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI