No ads found for this position

नदीजन्य पदार्थ निकासी माग गर्दै पूर्वी नवलपरासीमा ट्र्याक्टर जुलुस

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १६ गते १९:३२
No ads found for this position
नदीजन्य पदार्थ निकासी माग गर्दै पूर्वी नवलपरासीमा ट्र्याक्टर जुलुस
No ads found for this position

नारायण शर्मा/नवलपरासी — नदीजन्य पदार्थ निकासीको माग गर्दै यहाँका व्यवसायीले ट्र्याक्टर जुलुस निकालेका छन् । करिब ४ सय व्यवसायीले पूर्वी नवलपरासीको सदरमुकाम कावासोती र दुम्कीबासमा शुक्रबार जुलुस निकालेका हुन् । स्थानीय तहले खोला ठेक्का नलगाउँदा ट्र्याक्टर र मजदुर कामबिहीन भएका छन् । ट्र्याक्टर व्यवसायी समितिका जिल्ला अध्यक्ष शिव गिरीले पूर्वी नवलपरासीमा रहेका १५ सय ट्र्याक्टर र त्यसमा आश्रित ५० हजार मजदुरले खोलाजन्य पदार्थ ( गिटी, बालुवा, ढुंगा) ओसारपसार गर्न नपाउँदा छाकटार्न मुस्किल परेको बताए । स्थानीय प्रशासन र स्थानीय सरकारको ध्यानाकर्षण गराउन भन्दै कावासोती रामनगर चोकबाट सुरु गरिएको ट्र्याक्टरसहितको जुलुस कावासोती नगरपालिका, थानाचोक र डण्डासम्म पुगेको थियो । कावासोतीको र्‍यालीमा २ सय ५० वटा ट्र्याक्टर र दुम्किवासमा १ सय ८७ वटा ट्र्याक्टरसहित बजार परिक्रमा गरी व्यवसायीले गाउँपालिका कार्यालय नजिक प्रदर्शन गरेका थिए । पूर्वी नवलपरासीमा दर्जन खोलाको ठेक्का नलाग्दा व्यवसायी र मजदुरले ९ महिनायता काम पाएका छैनन् ।

प्रकाशित : २०७७ असोज १६ गते १९:३२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI