नारायणी नदि कटान रोक्न तत्काल दीर्घकालीन योजना ल्याउन सांसद लामिछानेको माग

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १६ गते २०:२८
नारायणी नदि कटान रोक्न तत्काल दीर्घकालीन योजना ल्याउन सांसद लामिछानेको माग

कावासोती । गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस नवलपुरका सभापति विष्णुप्रसाद लामिछानेले नारायणी नदि कटान रोक्नका लागी तत्काल दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छ्न । गण्डकी प्रदेश सभाको शुक्रवारको बैठकमा बोल्दै लामिछानेले यस्तो बताएका हुन ।

बैठकमा बोल्दै लामिछानेले नारायणी नदि पारी पट्टी चितवन राष्ट्रिय निकुञ्जमा नदिले बालुवा थुपारने गरेको र नवलपुर क्षेत्रमा नदि गहिरिदै बर्सेनि कटान गर्दै जादा नारायणी नदिको तटिय क्षेत्रमा रहेका बस्तीहरु उच्च जोखिममा रहेको भन्दै तत्काल कटान रोक्ने दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन ।

यस्तै लामिछानेले नारायणी नदि किनारमा रहेका बस्तीमा बसोबास गर्ने माझी मुसहर समुदायको माछा मार्ने लाईसेन्स चितवन राष्ट्रिय निकुञ्जले नविकरण गर्न र नयाँ बनाउन आनाकानी गरेको भन्दै तत्काल उनीहरुको माछा मार्ने लाईसन्स नविकरण र नया बनाउने कार्यलाई सहज बनाउनका लागि प्रदेश सरकारले चितवन राष्ट्रिय निकुञ्ज सँग तत्काल समन्वय गरि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छ्न ।

बैठकमा बोल्दै लामिछानेले लगातार परेको वर्षाको कारण जिल्लाको कावासोती नगरपालिकाको वडा नं १४ र १७ का सिचाई कुलो र हुप्सेकोट गाँपालिकाको केही वडामा सिचाई हुने गिरुबारी सिचाई आयोजनामा बाढिले क्षति पुर्याएको हुँदा तत्काल मर्मत गरि सिचाइ सहज बनाउन पनि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छ्न ।

प्रकाशित : २०७७ असोज १६ गते २०:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI