No ads found for this position

यस्ताे छ आजकाे माैसम पूर्वानुमान

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १७ गते ८:३३
No ads found for this position
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
No ads found for this position

काठमाडौं। आज देशभरको माैसममा आंशिकदेखि सामान्य  बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।

 

त्यस्तै प्रदेश १, प्रदेश २,  बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

 

विभागका अनुसार राति प्रदेश १, प्रदेश  २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश  ५ र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित : २०७७ असोज १७ गते ८:३३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI