सफा सुनाैलाे नेपाल काठमाडौकाे संयाेजनमा जुनियर प्लम्विङ र हाउस वाईरिङ्ग तालीम सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १७ गते ९:०२
सफा सुनाैलाे नेपाल काठमाडौकाे संयाेजनमा जुनियर प्लम्विङ र हाउस वाईरिङ्ग तालीम सुरु

डि आर क्षेत्रि/देवचुली
सफा सुनाैलाे नेपाल काठमाडौकाे संयाेजन तथा भुमिका टेक्निकल सर्भिस देवचुलिकाे प्राविधिक सहयाेगमा जुनियर प्लम्विङ र हाउस वाईरिङ्ग विषयकाे तालिमकाे शुक्रबार एक कार्यक्रमका विच केउरानिमा समुद्घाटन गरिएको छ ।

आफ्नाे स्थापनाकाल देखि नै यस क्षेत्रमा रहेर विगत पाँच वर्षदेखि तालिम प्रदायक संस्थाकाे रुपमा अाफुलाई अव्वल सावित गरिसकेको   भुमिका टेक्निकल सर्भिस प्रा लिको आयोजना र चाईना फाउन्डेसन फर प्राेभटि एलिभेसन , लाेनिया व्रदर एण्ड सिस्टर फाउन्डेसनकाे अार्थिक सहयाेग रहेकाे तालिमको समुद्घाटन भए पनि तालिम भने नेपाल सरकारले अाैपचारिक रुपमा शैक्षिक संस्था खुल्ला गरेपछि मात्रै हुने जानकारी गराईएकाे थियाे ।

देवचुलि नगरपालिका वडा नं ३ का वडा अध्यक्ष गाेपाल राज शर्मा लम्सालको अध्यक्षता एवं प सुनाैलाे नेपालका संरक्षक तथा महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

महानायक हमाल संगै संस्थाका महासचिव अशाेक शिंह , काेषाध्यक्ष शुनिला शाह हमाल, सदस्यअास्था शिंह साथै चाईना फाउन्डेसनका कार्यक्रम व्यवस्थापक कवित कुमार नेपालिकाे समेत उपस्थिती रहेकाे कार्यक्रममा देवचुलि नगरपालिकाका वडा न २ र ५का अध्यक्षहरु क्रमश माधव के सि र शिवलाल सापकाेटा समारोहमा उपस्थित रहेको थियो ।

तालिममा बीस बीस जना प्रशिक्षार्थीहरु रहने छन दुवै तालिममा २/२ जना थप प्रशिक्षार्थी भुमिका टेक्निकल सर्भिसले थपिदिने जानकारी गराईएको छ । प्रशिक्षार्थीहरुले दैनिक खाजा तथा प्रशिक्षण पश्चात् तीन हजार रुपैया बराबरकाे अाैजार पाउनेछन प्रशिक्षार्थीहरु सिटिईभिटि बाट लिईने परिक्षणमा समेत सहभागिता जनाउन पाउने बताईएको छ ।

समाराेहमा बोल्ने वक्ताहरुले महानायक हमालका भाइ स्वर्गीय राकेश हमालले यश क्षेत्रमा पुर्याउनुभएकाे याेगदानकाे चर्चा गरेका थिए । अपांगता भएका मानिसहरुलाई ह्विल चियर , ट्राई साईकल , गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि हस्तान्तरण , काेराेनाका कारण अाफ्नाे राेजगार गुमाएकाहरुलाई शिपमुलक प्रशिक्षण दिने गरेकाे सफा सुनाैलाे नेपाल संस्थाका महासचिव अशाेक सिंहले जानकारी गराएका थियाे ।

प्रमुख अतिथि महानायक हमालले स्वर्गीय भाईकाे सपनालाई साकार पार्न याे तालिम लिनेहरु लगनशिल भएर लाग्नुपर्नेमा जाेड दिएका थिए । आफ्नो बाल्यकाल यसै स्थानमा बिताएकाे स्मरण गर्दै हमालले यस क्षेत्रकाे विकास निर्माणमा हातेमालो गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।

प्रकाशित : २०७७ असोज १७ गते ९:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI