त्रिशुलीमा ट्रक खस्दा तीन जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १७ गते ९:५३
त्रिशुलीमा ट्रक खस्दा तीन जना घाइते

चितवन ।

त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग डुबेको अवस्थामा छ ।

दुर्घटनामा परी घाइते हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रकाशित : २०७७ असोज १७ गते ९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI