पानीमा डुबेर गैंडाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १७ गते १५:०४
पानीमा डुबेर गैंडाको मृत्यु

कावासोती । पुर्वी नवलपरासी त्रिवेणीघाटमा हिजाे देखि देखिएकाे गैडाको पानिमा डुवेर शनिबार मृत्यु भएकाे छ ।

नारायणी नदिमा गैडा डुबेको अवस्थामा देखे पछि स्थानीयले निकुञ्ज प्रसासनलाई खबर गरेका थिए । शुक्रवार देखि त्रिवेणी क्षेत्रमा देखिएको उक्त गैडा वृद्ध रहेको र बाढीमा बगेर त्रिवेणी क्षेत्रमा पुगेको हुन सक्ने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पश्चिम सेकटर अमलटारीका प्रमुख पशुपति अधिकारीले नवलपुर टाईम्सलाई बताए ।

गैडा मरेको खबर आए पछि थप अनुसन्धानका लागि चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीको टोलि त्रिवेणी क्षेत्रमा हिडेको अधिकारीले बताए । मृत गैडाको खाग र खुर भने सुरक्षित रहेको अधिकारीले बताए ।

शुक्रबार मात्रै निकुञ्ज अन्तर्गत नवलपुरको लामिचौर नजिकै नारायणी नदिको विच भङगालोमा एउटा गैडा मृत फेला परेको थियो ।

यो सँगै यस वर्ष मर्ने गैंडाकोटको संख्या ५ पुगेको छ ।

 

प्रकाशित : २०७७ असोज १७ गते १५:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI