कावासोती-१३को मुसहर बस्तीमा राहत वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १७ गते १६:४२
कावासोती-१३को मुसहर बस्तीमा राहत वितरण

कावासोती । नवलपुरको कावासोती-१३ मा रहेको मुसहर नयाँ बस्तीका ६५ घर परिवारलाई शनिबार राहत सामग्री वितरण गरिएको छ ।

लण्डन स्थित बुद्धिष्ट कम्युनिटी आमा समुहको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो ।
बुद्धिष्ट कम्युनिटी आमा समुहकी अध्यक्ष अन्तिम गुरुङको नेतृत्वमा लण्डनमा सँकलन गरिएको करिव १ लाख रुपैयाँ रकम बराबरको राहत सामग्री बितरण गरिएको हो ।

बुद्धदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक तथा समाजसेबी रुद्र बहादुर गुरुङको अध्यक्षता एवं कावासोती-१३ का वडा अध्यक्ष विनोद राना मगरको प्रमुख आतिथ्यतामा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्नुहुँदै कावासोती १३ का वडा अध्यक्ष बिनोद राना मगरले राहत सँकलन गरी बितरण गरेकोमा सबैलाई धन्यबाद ब्यक्त गर्नुभयो । अति बिपन्न मुसहर समुदाय बन्दाबन्दीका कारण ज्याला मजदुरी गर्न समेत नपाउँदा भोकमरीकै अवस्थामा पुगेको उहाँले बताउनुभयो । वडाको तर्फबाट केही पहल भएपनि त्यो पर्याप्त नभएको अवस्थामा राहत सामग्री पाउनु मुसहर समुदाय र सिँगो वडाको लागि पनि खुशीको कुरा भएको  बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका बुद्धदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक रुद्र बहादुर गुरुङले दुख समस्या परेको बेलामा सहयोग गर्नु मानव धर्म भएको बताउनुभयो । यतिखेर बिश्व नै कोरोना महामारीले आक्रान्त भएको अवस्थामा अलिकति भएकोले कति पनि नभएकालाइ सहयोग गर्नु सबैको कर्तब्य भएको उहाँले बताउनुभयो । फरक प्रसँगमा बोल्नुहुँदै वहाँले राजनीतिक आस्था जस्तो भएपनि दुख परेको अवस्थामा सबै मिलेर मानबीय सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रति घर २५ केजीको एक बोरा चामल , तीन किलो दाल , दुइ लिटर तेल र नुन बितरण गरिएको थियो ।

 

प्रकाशित : २०७७ असोज १७ गते १६:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI