प्रधानमन्त्रीको सचिवालयका तीन जनालाई कोरोना पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १७ गते १७:१०
प्रधानमन्त्रीको सचिवालयका तीन जनालाई कोरोना पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी  सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सुर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको हो । थापा,  रिमाल र भट्राईले आफूहरुलाई कोरोना पुष्टि भएको शनिबार ट्वीटरमार्फत जानकारी गराएका छन् ।

यसअघि केही दिन पहिला प्रधानमन्त्रीका नीजि चिकित्सक डा. दिव्यासिंह शाहलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ असोज १७ गते १७:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI