गत २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित डिस्चार्ज

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १७ गते १७:२३

नेपालमा गत २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा उपचारपछि निको हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ।

निको हुनेको संख्या कुल संक्रमणको ७४ दशमलव १ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डिस्चार्ज हुनेको संख्या सबैभन्दा धेरै प्रदेश २ मा छ। प्रदेश २ मा मात्र १४ हजार २ सय १५ जना संक्रमण मुक्त भएका छन्।

प्रदेश १ मा ५ हजार ६ सय ५५, बागमतीमा ९ हजार ६ सय ५६, गण्डकीमा ३ हजार ५ सय ९९, प्रदेश ५ मा ९ हजार ३ सय ४६, कर्णालीमा ३ हजार १ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय १४ जना निको भएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये २१ हजार ३ सय २ जना सक्रिय संक्रमित छन्। जसमध्ये ११ हजार ५ सय २९ होम आइसोलेसन र ९ हजार ७ सय ७३ जना संस्थागत आइसोलेसनमा छन्।

प्रकाशित : २०७७ असोज १७ गते १७:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI