जन्मदिनमा अनेरास्ववियुका नेता सापकोटाद्वारा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १८ गते १८:३१
जन्मदिनमा अनेरास्ववियुका नेता सापकोटाद्वारा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण

कावासोती । कुमारवर्ती बहुमुखी क्याम्पस अनेरास्ववियु ईकाई कमिटी अध्यक्ष सुरज सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छ्न ।

सापकोटाले कावासोती नगरपालिका वडा नं ११ को नेपाल राष्ट्रिय आधारभुत विद्यालयको कक्षा ८ मा अध्ययनरत दीक्षा घलेको कक्षा १० सम्म पढदा लाग्ने सम्पुर्ण जिम्मेवारी लिने गरि अभिभावकत्व ग्रहण गरेका हुन ।

सापकोटाले अनेरास्ववियु जिल्ला संयोजक ठाकुर पराजुली , जिल्ला सदस्यहरु प्रशान्त चापागाईं, मदन गिरी, विद्यालयका शिक्षक सहितको उपस्थितिमा अभिभावकत्व ग्रहण गरेका हुन ।

 

प्रकाशित : २०७७ असोज १८ गते १८:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI