No ads found for this position

साबिक लुम्बिनी अञ्चल बन्दको आह्वान

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १८ गते २२:२०
No ads found for this position
साबिक  लुम्बिनी अञ्चल बन्दको आह्वान
No ads found for this position

बुटवल : प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरुद्धमा रुपन्देही संयुक्त सञ्जालले लुम्बिनी क्षेत्र बन्दको आह्वान गरेको छ। सञ्जालले सोमबार साबिक लुम्बिनी अञ्चलमा बन्दको आह्वान गर्दै प्रदेशको राजधानी सार्ने प्रस्तावका विरुद्धमा एकजुट भएर प्रदेश सभा घेराउ गर्नका लागि आह्वान गरेको छ।

सञ्जालका संयोजक खिमबहादुर हमालले सरकार र सांसदलाई दबाबस्वरुप साबिक लुम्बिनी अञ्चलका ६ जिल्ला रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँचीमा बन्दको आह्वान गरेको जानकारी दिए। सञ्जालले सोमबार प्रदेशसभा घेराउ गर्ने कार्यक्रम रहेको संयोजक हमालले बताए। सञ्जालले आइतबार बुटवलमा प्रदर्शन गर्दै रुपन्देहीमै राजधानी कायम गर्न माग गरेको थियो।

प्रकाशित : २०७७ असोज १८ गते २२:२०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI