यी चार प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १९ गते ७:४७
यी चार प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं। बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली) को प्रभाव पूर्वी नेपालको मौसममा परेको छ।

 

प्रदेश १, २, र बागमती प्रदेशमा सामान्य बदली रही अहिले प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भएको छ। गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

दिउँसो प्रदेश १, २, र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार आज राति, भोलि र पर्सि पनि यी चार प्रदेशको मौसममा सामान्य बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ।

प्रकाशित : २०७७ असोज १९ गते ७:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI