नवलपुरमा कोरोनामुक्त ३३ जनाले गरे प्लाज्मा दान

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १९ गते १७:४२
नवलपुरमा कोरोनामुक्त ३३ जनाले गरे प्लाज्मा दान

नारायण शर्मा/नवलपरासी — कोरोना संक्रमणबाट मुक्त भएका ३३ जनाले एउटै थलोमा रक्तदान गरेका छन् ।

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन जिल्ला समितिद्वारा सोमबार कावासोतीमा आयोजित कार्यक्रममा ३ महिलासहित ३३ जनाले प्लाज्मा दान (रक्तदान ) गरेका हुन् । कोराना लागेर निको भएकाले दिएको रगतबाट प्लाज्मा निकालेर जटिल लक्षणसहितका कोरोनाका बिरामीलाई बचाउन सघाउन सक्ने प्लाज्मा दान गरिएको हो ।

रक्तदानमा सहजीकरण गरेका डा गंगा सापाकोटाले कोरोना संक्रमणमा परेका तर शरीरले प्रतिरोध क्षमता बढाउन नसक्ने (एन्टीबडी उत्पादन) अवस्थाका कोरोना संक्रमितलाई प्लाज्मा दिएर रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाइने जानकारी दिए । भारत र अमेरिकामा यस्तो रक्तदान गरिँदै आएपनि समुदायमा एकै पटक यति धेरै कोरोना संक्रमणवाट निको भएकाले एकै पटक दान गरेको यो पहिलो पटक भएको उनले बताए ।

भरतपुर क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रमेश पौडेलले कम्तीमा एउटा रक्त समूहका ५ जना सदस्यको यस्तो रगत राख्दा जोखिममा परेका कोरोना संक्रमित (लक्षण देखिएका) लाई बचाउन सहयोग पुग्ने भएकाले यस्तो प्लाज्मा दान कार्यक्रम राखिएको जानकारी दिए ।

कोरोनाको लक्षण देखिएर (ज्वारो, रुघाखोकी लगायतका लक्षण) निको भएकाबाट लिइएको रगतले अझ चाँडो एन्टीबडी (रोग प्रतिरोधात्मक क्षमता) को काम गर्ने भएकाले त्यसको वर्गिकरण गरेर रगतको प्लाज्मा उपयोग गरिने डा गंगा सापकोटाले बताए ।

एउटा व्यक्तीबाट निकालिने ३ सय ५० देखि ६ सय एमएल रगत मेसिनमा राखेर छुट्याउँदा त्यसको ५० देखि ६० प्रतिशत प्लाज्मा काम लाग्ने हुन्छ । रक्तदानबाट निकालिएको रगत प्रयोगशालाको मेसिनमा राखेपछि तरल पदार्थ र रक्तकोषहरु छुट्याउने गर्दछ ।

नेपालमा पहिलो पटक आफुहरुले संस्थागततरुपमा प्लाज्म दानको कार्यक्रम राखेको बताउदै कोभिड १९ अनुगमन समिति नवलपुरका संयोजक सुरज गुरुङले यो कार्यक्रमले आफुहरु थप उर्जा प्रदान गरेको बताए ।

आफ्नो समिति नेपाली काङ्ग्रेसको एउटा हाँगा भएपनि राजनिति र पाटी भन्दा माथि उठेर कोरोना सन्क्रमित लाई जोगाउन आफ्नो समितिले प्लाज्मा दान कार्यक्रम राखेको गुरुङले जानकारी दिए । कोरोना महामारी सँग लडन आफुहरु  सबै सँग हातेमालो गर्दै एकदम अगाडी सरेर सामाजिक रुपमा थप अग्रसर हुने पनि गुरुङले बताए

सबै भूगोल , क्षेत्र एवं सिङ्गो संसारनै कोरोना महामारीको चपेटामा परेको बेला यो महामारीसँग जुध्न सरकार एक्लैले नसक्ने हुँदा नागरिकहरुले आफ्नो तहबाट कोरोना महामारी सँग जुध्न सकारात्मक भुमिका निर्वाह गर्नु पर्ने गुरुङको भनाई थियो ।

रक्तदानमा सहभागी नेपाली कांग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरेले कारोना संक्रमणबाट आफू मुक्त भएर अरुको ज्यान बचाउने रक्तदान गर्न पाउँदा आफूलाई आनन्द लागेको बताए ।

प्रकाशित : २०७७ असोज १९ गते १७:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI