अब विद्यालय र विश्वविद्यालयको परीक्षा हुने, सरकारले दियो सहमति

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २१ गते १४:२४
अब विद्यालय र विश्वविद्यालयको परीक्षा हुने, सरकारले दियो सहमति

काठमाडौं, २१ असोज । अब विद्यालय र विश्वविद्यालयसहित शैक्षिक प्रतिष्ठानहरुको परीक्षा सञ्चालन हुने भएको छ । कोरोना भाइरसको जोखिमका कारण स्थगित परीक्षा सञ्चालन गर्न सरकारले सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले परीक्षण सञ्चालनको स्वीकृति दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना जोखिमलाई दृष्टिगत गरी सुरक्षा मापदण्ड अपनाएर परीक्षण सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णयबारे जानकारी गराएका हुन् । उनले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

सरकारले परीक्षण सञ्चालनको अनुमति दिएपछि कक्षा १२, स्नातक, स्नातकोत्तरलगायत सबै तहका परीक्षा सञ्चालन हुनेछन् । विश्वविद्यालयहरुले परीक्षाको मिति समेत तोकेर तालिका समेत सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित : २०७७ असोज २१ गते १४:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI