एम.सि.सि देशकाे लागि घातक : पूर्वसभामूख महरा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २१ गते १६:४१
एम.सि.सि देशकाे लागि घातक : पूर्वसभामूख  महरा

अर्जुन अविरल/कावासोती

एम सि सि देशकाे लागि घातक रहेकाे पूर्व सभामूख कृण्णबहादुर महराले आज कावासाेतीमा रहेकाे एक भेटघाट कार्यक्रममा बताएका छन् । परिवार सहित काठमाण्डाैंबाट दाङ्ग जाने क्रममा कावासाेतीमा खाना खाने समयकाे माैका मिलाएर छाेटाे भेटघाट गरिएकाे थियाे ।

आफूलाई पनि एम सि सिकाे विराेध गरेकै कारण फसाईएकाे बताएका छन् । देशमा सयाैं किसिमका जडिबुटी छन् जसलाई बेच्न सकियाे भने देश सम्पन्न बन्न सक्छ तर पैसा भएर पनि जडिबुटीकाे उद्याेग खाेल्न हामी सक्दैनाैं । यसकाे कारण भनेक‌ै एम सि सि जस्तै अन्य धेरै सम्झाैताहरू छन् , जुन धेरै घातक छन् जसले गर्दा हामीले चाहेर पनि जडिबुटीका उद्याेग खाेल्न सक्दैनाैं ।

त्यस्तै एम सि सि सम्झाैता पनि पास भयाे भने धेरै चिज हाम्राे नहुने बताएका थिए । आफू ने क पा काे कुनै पनि तहमा नभए पनि मनभित्र ने क पा नै रहेकाे छ तर अहिलेकाे खिचातानीमा भने आफू खुशी नरहेकाे समेत बताएका थिए ।

हिजाेकाे जनयुद्धले चाहेकाे यही हाे त भन्ने प्रश्नकाे उत्तरमा महराले शान्ति सम्झाैता गर्नु बाध्यता रहेकाे र जनयुद्धका सपना बिचैमा लथालिङ्ग भएकाे समेत बताए । फरक प्रशङ्गमा काेराेनाकाे कारण विश्वकाे राजनीतिक र आर्थिक शक्ति राष्ट्रहरू नै परिवर्तन हुन सक्ने बताएका छन् ।

प्रकाशित : २०७७ असोज २१ गते १६:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI