नेविसंघका नेता कार्की द्वारा जन्मदिनको अवसरमा अपांगहरुलाई सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २१ गते १८:३९
नेविसंघका नेता कार्की द्वारा जन्मदिनको अवसरमा अपांगहरुलाई सहयोग

कावासोती । नेपाल विद्यार्थी संघ नवलपुरका सहसचिव रबिन कार्की द्वारा आफ्नो २९ औं जन्मदिनको अवसर पारेर जिल्लाका दुईवटा अपांगता क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गरेका छ्न ।

कार्कीले जन्मदिनको अवसर पारेर गैंडाकोटमा रहेको अपांग जीवन विकास संस्थामा बस्दै आएका अपांगताहरुका लागि बुधबार बिहान बेलुकीको २ छाक खानाको व्यवस्था गरेका छन भने कावासोतीमा रहेको मौलाकालिका अपांग सेवा संस्थामा आर्थिक सहयोग गरेका हुन ।

नेपाली काङ्ग्रेस नवलपुरका सभापति विष्णु लामिछाने , तरुणदल नवलपुरका सभापति सुर्य गुरुङ , तरुणदल नवलपुरका उपसभापति मीन घले, नेविसंघ जिल्ला सभापति राजेश पौडेल , नेविसंघ पुर्व केन्द्रिय सदस्य आर सि भट्टराई लगाएतको उपस्थितमा कार्कीले सहयोग हस्तान्तरण गरेका थिए ।

प्रकाशित : २०७७ असोज २१ गते १८:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI