No ads found for this position

पत्रकारलाई दुर्वव्यवहार गर्नेलाई कार्वाही गर्न महासंघ र युनियन नवलपुरको माग

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २१ गते १९:०२
No ads found for this position
पत्रकारलाई दुर्वव्यवहार गर्नेलाई कार्वाही गर्न महासंघ र युनियन नवलपुरको माग
No ads found for this position

कावासोती । नदि दोहनको समाचारको विषयलाई लिएर नवलपुर ट्र्याक्टर समिति अन्तर्गतको कावासोती उपसमितिले नदि दोहनको विषयमा समाचार लेख्ने पत्रकारद्वय रामकुमार श्रेष्ठ र सालिकाराम कोइरालालाई गरेको व्यवहार प्रति पत्रकारका पेशागत संघ संगठनले ध्यानाकर्षण भएको जनाउदै दोषीलाई कार्वाही गर्न माग गरेका छ्न ।

नदि दोहनको समाचार लेखेको भन्दै कावासोती ट्र्याक्टर उपसमितिले समाचार लेख्ने पत्रकारको खेत नजोत्ने र कुनै ट्र्याकटरले जोते समितिले १५ हजार सम्मको जरिवाना लिने भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भए पछि नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासी शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“समाचारको विषयलाई लिएर नवलपुर ट्याक्टर समिति अन्र्तगतको कावासोती उपसमितिले नदि दोहनको विषयमा समाचार लख्ने पत्रकार उपर गरेको व्यवहारले नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीको गम्भीर ध्यानाकर्षण भएको छ । उप समितिका अध्यक्ष कृष्ण गिरीलाई आईन्दा यस्तो हर्कत नदोहोर्‍याउन महासंघले ध्यानाकषर्ण गराउँदै कानुन हातमा लिई संचारकर्मी उपर अवान्छित र अमर्यादित व्यवहार गर्नेलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न महासंघ जोडदार माग गर्दछ -” महासंघ जिल्ला शाखा अध्यक्ष होमराज रानाभाट द्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

यस्तै नेपाल प्रेस युनियन नवलपुरले पत्रकार माथि भएको दुर्ववहार प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका जिल्ला सभापति विरेन्द्र पराजुलीले एक विज्ञप्ति जारी गर्दै सन्चारकर्मी माथी गरिएका यस्ता गतिविधि नदिहोराउन ध्यानकर्षण गराउदै सन्चारकर्मी माथी भएका अवाञ्छित अमर्यादित कार्य गर्नेलाई आवश्यक कार्वाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छ्न ।

प्रकाशित : २०७७ असोज २१ गते १९:०२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI