No ads found for this position

नेपाली काँग्रेसको महाधिवेशन फागुनमा नहुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २२ गते ८:२४
No ads found for this position
नेपाली काँग्रेसको महाधिवेशन फागुनमा नहुने
No ads found for this position

काठमाडौं, असोज २२ । नेपाली काँग्रेसको फागुनमा हुने १४औँ महाधिवेशनको तयारी तीव्र बनाउन कोरोना भाइरस बाधक देखिएको छ । कोरोना सङ्क्रमणका कारण तयारी गर्न कठिन भएपछि महाधिवेशन सर्ने सम्भावना देखिएको छ ।

महाधिवेशनका लागि वडा तहमा क्रियाशील सदस्यता वितरणको कार्य धेरै जिल्लामा जारी रहे पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढी भएका जिल्लामा सदस्यता वितरण कार्य अगाडि बढ्न सकेको छैन ।

तत्कालीन फोरम लोकतान्त्रिकसँग २०७४ असोज २८ गते भएको सहमति अनुसार हुनुपर्ने समायोजन प्रक्रिया टुङ्गोमा पुगेको छैन । हालसम्म ७३ जिल्लाको सकिएको र चार जिल्लाको बाँकी छ । सिरहा, सप्तरी, बारा र सिन्धुपाल्चोकको समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए ।

समायोजन प्रक्रिया पूरा भएका ७० जिल्लाले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण गर्न फाराम लगिसकेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलको भनाइ छ । पछिल्लो पटक केन्द्रीय कार्यसमितिको असार २२ गते बसेको बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टी अन्तरिम संरचनाको समायोजन गर्ने अन्तिम समयसीमा साउन १० गतेसम्म तोकेको थियो ।

प्रकाशित : २०७७ असोज २२ गते ८:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI