यस्तो छ आजको मौसम पूर्वानुमान

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २२ गते ८:३६
यस्तो छ आजको मौसम पूर्वानुमान
This image depicts the rain in Asia. Image: Nepal Weather Forecast Twitter

काठमाडौं, असोज २२ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको मौसमी विवरण अनुसार आज बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालसम्म पुगेको छ ।

सोहि प्रभावका कारण हाल देशभर आँशिक देखि सामान्य बदली रहेको महाशाखाले उल्लेख गरेको छ । विहिबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । साथै रातीसम्म देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित : २०७७ असोज २२ गते ८:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI