गोहीले आक्रमण गर्दा २८ वर्षे युवक गम्भीर घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २३ गते ९:४६
गोहीले  आक्रमण गर्दा २८ वर्षे युवक गम्भीर घाइते

कावासोती । नारायणी नदीमा गोहीले आक्रमण गर्दा एकजना गम्भिर घाईते भएका छन । पूर्वि नवलपरासीको मध्यविन्दु ६का २८ वर्षका लालबहादुर बोटे गोहीको आक्रमणबाट घाईते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीका डिएसपी मोहन बहादुर खाँणले नारायणी नदीमा माछा मार्ने क्रममा बोटेलाई गोहीले आक्रमण गरेको  जानकारी दिनुभयो । गम्भिर अवस्थाका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
नदी किनारका बोटेहरु दैनिक गुजारा चलाउन माछा मार्ने क्रममा यस्ता दुर्घटनामा पर्ने गरेका छन ।

प्रकाशित : २०७७ असोज २३ गते ९:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI