No ads found for this position

नवलपुरमा बलात्कारको घटना बढदो: कावासोतिमा १६ वर्षीय बालिका बलात्कृत

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २३ गते १४:२५
No ads found for this position
नवलपुरमा बलात्कारको घटना बढदो: कावासोतिमा १६ वर्षीय बालिका बलात्कृत
No ads found for this position

पूर्वि नवलपरासीको कावासोती नगरपालिकामा विहीबार राति ८ बजेतिर दिदीको घर सुत्न जाँदै गर्दा १६ वर्षीय बालिकालाई २६ बर्षीय एक युवकले बलात्कार गरेका हुन ।

नवलपुर प्रहरीका अनुसार दिदीको घर सुत्न जाँदै गर्दा बीच बाटोमा नै ति युवकले बालिकालाई जवरजस्ती बलात्कार गरेका थिए । प्रहरीले बालिकालाई बलात्कार गर्ने युवक र उनका सहयोगीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । प्रहरीले दुवैजना विरुद्ध मुद्धा चलाउने तयारी गरेको छ ।

उनीहरुले बालिकालाई बाटोदेखि केही पर खेतमा लगेर बलात्कार गरेको नवलपुर प्रहरीले जनाएको छ । बालिकालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको नवलपुर प्रहरीले जनाएको छ ।

केही दिन अघि गैडाकोटमा ७ बर्षीया बालिकालाई आफ्नै १४ बर्षीया दाजुले घर कोही नभएको मौका छोपी बलात्कार गरेको घटना बाहिर आएको थियो ।

 

प्रकाशित : २०७७ असोज २३ गते १४:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI