बलात्कारी बाबुलाई जन्मकैद

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २३ गते १९:१०
बलात्कारी बाबुलाई जन्मकैद

नारायण शर्मा/ नवलपरासी  — १३ वर्षीय छोरीलाई पटक-पटक बलात्कार गर्ने बाबुलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले छोरी बलात्कार गरेको अभियोगमा ४० वर्षका बाबुलाई जन्मकैद र ५० हजार जरिवाना गरेको हो ।

जिल्ला अदालत पूर्वी नवलपरासीले दिएको जानकारीअनुसार सर्लाही बरथहवा निवासी ४० वर्षका बाबु आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत छ्न् । दुई वर्षअघि छोरीलाई  पटक पटक  बलात्कार  गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो ।

बलात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा बाबुले स्वीकारेका छन् । उद्योगमा श्रीमती, छोरा र छोरीसहित मजदुरी गर्दै आएका ती बाबुले छोरीलाई पटक   पटक बलात्कार गरेको अदालतमा बयान दिएका छन् । हाडनाताभित्र करणी गरेका उनको नेपालभर कहींकतै कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट (पीडित राहतकोष) बाट ५० हजार क्षतिपूर्ति भराउने अदालतको फैसला छ ।

पीडितबाट भरण पोषणको व्यवस्था हुने गरी फैसला आउने भए पनि उनको नेपालभरी कहींकतै कुनै सम्पत्ति नदेखिएका कारण राज्यकोषबाट ५० हजार नगद दिलाउने फैसला भएको अदालतको भनाइ छ ।

 

प्रकाशित : २०७७ असोज २३ गते १९:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI