गैंडाकोटका ३६ वर्षीय युवकको कोरोना संक्रमणले मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २३ गते २१:४९
गैंडाकोटका ३६ वर्षीय युवकको कोरोना संक्रमणले मृत्यु

कावासोती । पुर्वी नवलपरासीमा थप एक जनाका कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत पुर्वी नवलपरासी गैंडाकोट नगरपालिका–१ का ३६ वर्षीय युवकको मृत्यु भएको हो । मिर्गौला सम्बन्धि समस्या भई अस्पताल भर्ना भएका उनमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको कोभिड आइसीयूमा उपचारको क्रममा ३ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो सँगै जिल्लामा मृतकको संख्या ९ पुगेको छ ।

 

प्रकाशित : २०७७ असोज २३ गते २१:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI