डा. गोविन्द केसी अनसन तोड्दै, चिकित्सक संघद्वारा संघर्षका कार्यक्रम फिर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २५ गते ८:३९
डा. गोविन्द केसी अनसन तोड्दै, चिकित्सक संघद्वारा संघर्षका कार्यक्रम फिर्ता

काठमाडौं, २५ असोज । डाक्टर गोविन्द केसीले आज अनसन तोड्दैछन् । सरकारसँग आठ बुँदे सहमति भएपछि उनले अनशन तोड्न लागेका हुन् ।

यसअघि मध्यराति अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच आठ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । सहमतिमध्ये छ बुँदे डाक्टर केसीको मागका विषय रहेका छन् । ७ नम्बर बुँदामा सहमति कार्यान्वयनको विषय छन् । ८ नम्बर बुँदामा अनशन तोड्ने विषय छन् । मागलाई सरकारले कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुपर्ने हुन्छ ।

यसअघि दुवै पक्षबाट वार्ताका लागि गठित दुवै टोलीबीच मध्यरातमै सहमति खोज्ने प्रयास गरेका थिए । २७ औं दिन अनशनमा बसिसक्दा पनि सहमति ननिस्किएपछि डा. गोविन्द केसीको जीवन रक्षाका लािग सरकारमाथि चौतर्फी दबाब बढेको थियो ।

यसैगरी डाक्टर केसीसँग सम्झौता भएपछि चिकित्सक संघले आव्हान गरेको संघर्षको कार्यक्रम फिर्ता लिएको छ । आज प्रेस विज्ञप्तिमार्फत् कार्यक्रम फिर्ता लिएको हो ।

प्रकाशित : २०७७ असोज २५ गते ८:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI