No ads found for this position

नवलपुरमा एक लाख ५८ हजार नगदसहित चार जना जुवाडे पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २५ गते १२:२५
No ads found for this position
नवलपुरमा  एक लाख ५८ हजार नगदसहित चार जना जुवाडे पक्राउ
No ads found for this position

नवलपुरको कोल्हुवामा गएराति एक लाख ५८ हजार रुपैयाँ सहित ४ जना जुवाडे पक्राउ परेको छ ।

मध्यविन्दु नगरपालिका को कोल्हुवाबाट गएराति प्रहरीले १ लाख ५८ हजार रुपैयाँ सहित ४ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

मध्यविन्दु नगरपालिका २ को ईभान कटेजबाट प्रहरीले मध्यविन्दु नगरपालिका वडा नं २ का ३३ बर्षीय हेमन्त चौधरी,मध्यविन्दु नगरपालिका वडा नं ४ पनौती बस्ने ३८ को बबरजंग चौधरी,वडा नं ४ लुस्लहरी बस्ने वर्ष ३३ को अरुण भण्डारी र मध्यबिन्दु नगरपालिका वडा नं ३ लेडा बस्ने वर्ष २८ को विवेक थनेत रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ । पक्राउ परेकालाई जुवा तास ऐन अनुसार कारवाही चलाउने प्रहरीले तयारी गरेको छ ।

प्रकाशित : २०७७ असोज २५ गते १२:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI